डा. भरतराज गौतम संघीय संसदको महासचिवमा नियुक्त

२२ बैशाख ०७७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. भरतराज गौतमलाई संघीय संसदको महासचिवमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले प्रतिनिधि सभाका अध्यक्ष र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा गौतमलाई आज संघीय संसदको महासचिव नियुक्त गरेकी हुन् ।

कास्कीको लामाचौर–५ निवासी गौतम नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम महासचिवमा नियुक्त भएका हुन् ।

  •  
  •  
  •  
  •  
  •