विदेशमा अलपत्र परेका नागरिकलाई स्वदेश फर्काउने सरकारको तयारी

२२ बैशाख ०७७, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९) का कारण रोजगारी गुमेका र भिसा सकिएर अलपत्र परेका नागरिकलाई स्वदेश फर्काउन तयारी गरिएको बताएका छन् ।

सोमबार श्रम रोजगार पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले कोभिड–१९ का कारण रोजगार गन्तव्यमा अलपत्र परेका नेपालीलाई सरकारले प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी थलेको बताएका हुन् ।

उनले विदेशमा समस्यामा परेका नेपालीको तथ्याङ्क सङ्कलन गरिसकेको भन्दै आवश्यक प्रबन्ध मिलाएर स्वदेश फिर्ता गरिने जानकारी दिए ।

भावनामा बगेर सरकारले केही गरेन भनेर दोषारोपण नगर्न आग्रह गर्दै मन्त्री ज्ञवालीले भने, “अन्तर्राष्ट्रिय हवाई उडान खुलेपछि विदेशमा रहेकालाई सुरक्षितरुपमा प्राथमिकताका आधारमा नेपाल छौं ।”

उनले विदेशी भूमिमा रोजगारी गुमाएका नेपालीलाई खान बस्न साथै कोरोना संक्रमितलाई उपचार गर्न सरकारले सम्बन्धित मुलुकसँग कूटनीतिक पहल गरेको र दूतावासलाई चनाखो रहन निर्देशन दिइएको जानकारी पनि दिए ।

  •  
  •  
  •  
  •  
  •