कोरोना संक्रमित संख्या ८२ पुग्यो

२३ बैशाख ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएकाहरूको संख्या ८२ पुगेको जनाएको छ ।

भेरी अस्पताल, नेपालगंजको प्रयोगशालामा भएको परीक्षण अनुसार नयाँ संक्रमित ७ जना थपिएसँगै कोरोना संक्रमित संख्या ८२ पुगेको मन्त्रालयले जनाएको हो ।

नयाँ थपिएका संक्रमितहरु नेपालगंज–८ निवासी २२, ३०, ४० वर्षका पुरुषहरू साथै ०९, ३२, ३४ र ५५ वर्षका महिलाहरू रहेको मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

डा.अधिकारीले निजहरूको स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति :

  •  
  •  
  •  
  •  
  •