यूएईस्थित नेपाली दूतावासमा नेपाली श्रमिकको धर्ना

२३ बैशाख ०७७, काठमाडौं ।  यूएईस्थित नेपाली दूतावासमा दुबईको इमिरेट्स क्याब ट्याक्सीमा काम गर्ने नेपाली नागरिकले धर्ना दिएका छन् ।

काम नपाएर अलपत्र परेको भन्दै मंगलबार उनीहरूले तुरुन्तै नेपाल फर्काउन माग राखेर दूतावासमा धर्ना दिएका हुन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) को सारजहामा कम्पनीको बेवास्ताले अलपत्र परेका ३० नेपालीमध्ये १७ जना श्रमिक धर्ना दिन दूतावास पुगेका थिए । दूतावासले उनीहरूलाई लकडाउन खुलेलगत्तै नेपाल फर्किने प्रवन्ध गर्ने प्रतिबद्धता गरेको छ ।

केही दिन पार्कमै खुला आकाशमुनि रात बिताएपछि उनीहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एक महिनाका लागि कोठा खोजेर राखिदिएको थियो । तर, कोठा भाडाको समयावधि सकिएपछि उनीहरू लगेज बोकेरै दूतावासमा पुगेका हुन् ।

  •  
  •  
  •  
  •  
  •