जेठ ५ गतेसम्म बन्दाबन्दी जारी राख्ने सरकारको निर्णय

२४ बैशाख ०७७, काठमाडौं । सरकारले जारी बन्दाबन्दी आगामी जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चैत्र ११ देखि जारी बन्दाबन्दी आगामी जेठ ५ गतेसम्म लम्याउने निर्णय गरेको हो ।

अत्यावश्यक काममा बाहेक घरमै बस्न सरकारले २०७६ चैत ११ गतेदेखि लागू गरेको आदेश पटक–पटक थपिँदै भोलि बिहीबार सकिदै थियो । तर, एकदिन अघि आज बसेको मन्त्रिपरिषद् बैठकले बन्दाबन्दी आगामी जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो ।

  •  
  •  
  •  
  •  
  •