बजार क्षेत्रमा नेवार जातिबाहेकलाई घरजग्गा बेच्न नपाइने (पनौती ७ को सार्वजनिक सूचनासहित)

२४ बैशाख ०७७, काठमाडौं । पनौती नगरपालिका–७ को पुरानो बजार स्मारक क्षेत्रभित्र नेवारी जातिबाहेकलाई घर, जग्गा बेचबिखन गर्न नपाइने भएको छ ।

मंगलबार बसेको पनौती नगरपालिका–७ नं. वडा समितिको बैठकले नेवार जातिहरु बाहेक अन्य जातिहरुलाई घर बेचविखन गर्नका लागि सिफारिस लिन आउने घर धनीहरुलाई सेवा प्रवाह नगर्ने निर्णय गरेसँगै पुरानो बजार स्मारक क्षेत्रभित्र नेवारी जातिबाहेकलाई घर, जग्गा बेचबिखन गर्न नपाइने भएको हो ।

पनौती वडा नं. ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानीले सार्वजनिक गरेको सूचनामा भनिएको छ, “वडा समितिको मिति २०७७/०१/२३ गतेका दिन बसेको बैठकबाट नेवार जातिहरु बाहेक अन्य जातिहरुलाई घर बेच विखन गर्नका लागि सिफारिस लिन आयमा घर धनीहरुलाई यस कार्यालयबाट सेवा प्रवाह नगर्ने निर्णय भएकोले यस ७ नं वडा बासीहरुलाई यसै सार्वजनिक सूचनामार्फत् जानकारी गराइन्छ ।”

सूचनाको पूर्णपाठ :

 

  •  
  •  
  •  
  •  
  •