बन्दाबन्दीलाई खुकुलो बनाउनु पर्ने गृहमन्त्रीको भनाई

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बन्दाबन्दीलाई खुकुलो बनाउनु पर्ने बताएका छन् ।

गृहमन्त्री थापाले संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बन्दाबन्दी जारी रहे जनतामा तीब्र असन्तुष्टि र आर्थिक संकट बढ्ने भन्दै यस्तो बताएका हुन् ।

उनले बैठकमा कोरोना महामारीबाट सिर्जित बन्दाबन्दीले विश्वमा नै आर्थिक मन्दीसँगै सामाजिक असन्तुष्टि र राजनीतिक संकट पैदा हुने भन्दै बन्दाबन्दी खुकुलो बनाउनु पर्नेमा जोड दिएका छन् ।

उत्पादन र सेवाका क्षेत्रहरू निश्चित सर्तसहित खोल्न नसके कोरोनाभन्दा ठूलो संकट पैदा हुने गृहमन्त्री बादलले भने, “अब उत्पादन र सेवाका क्षेत्रहरू निश्चित शर्तसहित सामाजिक दूरी कायम गरेर लकडाउन खोल्नुपर्छ ।’

आर्थिक र राजनीतिक संकट तथा सामाजिक असन्तुष्टिको अन्त्य गर्न राष्ट्रिय एकता र राजनीतिक एकताको रणनीतिका साथ अगाडि बढ्नुपर्ने उनले बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •