बलिउड अभिनेता ऋषि कपुरको उमेरमा निधन

काठमाडौं । बलिउड अभिनेता ऋषि कपुरको ६७ बर्षको उमेरमा निधन भएको छ ।

अभिनेता कपुरको एचएन रिलायंस फाउन्डेसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनका दाजु रणधीर कपूरले पुष्टि गरेका हुन् ।

दाजु रणधिरका अनुसार ऋषिलाई सास फेर्न समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । उनलाई सन् २०१८ मा क्यान्सर भएको थियो ।
उपचारका लागि उनी अमेरिका गएका थिए र ११ महिना उपचार गराएर सेप्टेम्बरमा भारत फर्किएका थिए ।

बुधबार मात्र अर्का बलिउड अभिनेता इरफान खानको पनि निधन भएको थियो ।

  •  
  •  
  •  
  •  
  •