राष्ट्र र समाज निर्माणको पहिलो खुड्किलो बौद्धिक क्रान्ति

तारा बस्याल/

राष्ट्र र समाज निर्माणको पहिलो खुड्किलो बौद्धिक क्रान्ति हो । जहाँ बौद्धिक क्रान्ति हुन्छ त्यहाँ सामाजिक परिवर्तन सजिलै हुन्छ । जहाँ सामाजिक क्रान्ति हुन्छ त्यहाँ राजनीति मानवताको पक्षधर हुन्छ, मानवीय व्यवहारमा उभिएको हुन्छ र मानवताको संरक्षक भएर बसेको हुन्छ । यदि समाजमा बौद्धिक क्रान्ति बिनाको सामाजिक क्रान्ति भयो र सामाजिक क्रान्ति बिनाको राजनीतिक क्रान्ति भयो भने त्यो लङ्गडो हुन्छ, अपूरो हुन्छ । त्यसैले होला जयपृथ्वीबहादुर सिंहले सर्वप्रथम नेपालमा बौद्धिक क्रान्तिको सुरुवात गर्नुभयो । सामाजिक क्रान्ति बिना नागरिक सुखी, खुसी र समृद्ध हुन सक्दैनन् भन्ने कुरा उद्घोष गरेर नेपालमा राजनीतिक क्रान्तिको वातावरण बनाउनुभएको थियो ।

गोरखापत्र प्रकाशनका लागि वि. सं. १९५७ सालमा कलकत्ताबाट आवश्यक छपाइ सामग्री ल्याई प्रधानमन्त्री देवशमशेरको पालामा वि. सं. १९५८ साल वैशाख २४ गते जयपृथ्वीबहादुर सिंहले गोरखापत्रको प्रकाशन सुरु गर्नुभएको थियो । सर्वप्रथम आफैँ सञ्चालक र प्रकाशक भई गोरखापत्र प्रकाशन गर्ने जयपृथ्वीले गोरखापत्रको शिरमा ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु माकश्चिद् दुःखभाग्जनः ।’ अर्थात् सबै सुखी होऊन्, सबै निरोगी होऊन्, सबैले राम्रै–राम्रो मात्र देखून्, कुनै पनि मान्छे दुःखी नहोऊन्, भन्ने यो संस्कृतको श्लोक राखेर आफ्नो सिद्धान्त एवं विचार नेपाली समाजमा प्रकट गर्नुभएको थियो ।

वि. सं. १९५६ मा नागरिक हक अधिकारका लागि जयपृथ्वीले बझाङमा छुट्टै न्यायालय खडा गरी कानुन निर्माण गरेर अन्यायका विरुद्ध न्यायालय जान दैलो–दैलोमा सूचना टा“स्न लगाउनुका साथै अक्षर पढ्न सक्नेको घुम्ती टोली पठाई सूचना पढ्न लगाउनुभएको थियो । जुन सूचना यस प्रकार छ–

‘स्वस्ति श्री बझाङ तहविल कस्ये पडेस नौबीसदरा गाउगाउका मुषीया भलाआदमी रयेतगैरके पुर्जी उप्रान्त अब उप्रान्त अमालले अन्याये ग¥या अदालत सकार गर्नु. अदालतले अन्याये ग¥या अदालतका नाउको अपील तहवीलमा दिन आउनु. तहवीलबाट ग¥याका नीसाफले पनि चीत्त नबुझ्नेहरुको मात्र नेपाल जाहेर गरी पठाया पछि हामी समेत् जानुपर्लाकी, कारीन्दाका नाउमा करायापछी हाम्रो पत्ता लाग्दैनकी भन्न्या डर दुनीयाले कत्ति लीनुपर्दैन. निसाफ पाउन्या छौ भन्न्या बेहोराको सबैले देषन्या थाहा पाउन्या ठाउमा इक्तीहार टासीदीनु भन्न्या येस तहवीलका हाकीमखर्दार जयेनारायण जोशीका नाउमा १९५६ साल मार्ग वदी १० रोजमा श्रीराजाजयपृथ्वीबहादुर सिंहबाट सनद गरि पठाईवक्स्याको हुनाले सो बमोजिम ईक्तीहारको पुर्जी टासीदीयाको छ. आजउप्रान्त अमालले अन्याये ग¥या अदालतले नीसाफ दीनेछन्. अदालतले अन्याये ग-या यस तहवीलमा कराउन आउनु र तहवीलबाट नीसाफ पाउन्या छौ. तहवीलले पनि अ‍ैन छोडी अन्याये ग¥योभन्या अन्याये ग¥याको पक्का प्रमाण जुटाई नेपाल श्रीराजाजयपृथ्वीबहादुर सिंहका हजुरमा जाहेर गरी पठाउनु र साचोझुटो कुरा बुझी श्रीराजाजयपृथ्वीबहादुर सिंहबाट नीसाफ दीवक्सीन्याछ. हाकीम कारीन्दाका नाउमा करायामा हाम्रो पत्ता लागदैन भन्न्या डर तीमी दुनीया रयेतीहरुले कत्ति मान्नुपर्दैन भन्न्या ईक्तीहारका पुर्जी टासी दीयाको छ. सो बमोजीम गर्ने काम गर. इति सम्वत् १९५६ साल माघ वदी १० रोज ६ शुभम् …।’

जयपृथ्वीले नेपाली नागरिकलाई नेपाली भाषा शिक्षा पठनपाठन गराउन वि. सं. १९५८ मा ‘अक्षराङ्क शिक्षा’ नामक पाठ्यपुस्तक लेखी पशुपत छापाखानामा मुद्रित ‘अक्षराङ्क शिक्षा’ नामक पहिलो पुस्तक अध्ययन–अध्यापनका निम्ति पाठशालामा निःशुल्क वितरण गर्नुभएको थियो । उहाँले लेखेकोे ‘अक्षराङ्क शिक्षा’ नै नेपाली भाषा शिक्षाको पहिलो पाठ्यपुस्तक हो । यस ‘अक्षराङ्क शिक्षा’मा नेपाली बालबालिकाले आधारभूत ज्ञान प्राप्त गर्न सक्ने र प्राप्त ज्ञान व्यवहारमा लागू गर्न सकिने विषयवस्तु समावेश गर्नुभएको छ । साथै वि.सं. १९५८ मा नै उहाँले बालबोध, ज्ञानमाला र श्रेस्तादर्पण नामक पाठ्यपुस्तक पनि लेखी प्रकाशन गर्नुभएको थियो ।

गोरखापत्र प्रकाशनको सम्पूर्ण अधिकार आफूले लिई वि. सं. १९५८ देखि वि. सं. १९७३ सम्म नियमित रूपमा उहाँले आफ्नो मानवतावादी विचारमा आधारित लेख, रचना, कथा, कविता र नाटक गोरखापत्रमा प्रकाशित गर्नुभएको थियो, जुन अवधि गोरखापत्रको इतिहासमा स्वर्णकाल मानिन्छ । गोरखापत्रका संस्थापक सञ्चालक, प्रधान सम्पादक, प्रकाशकको योगदानले त्यस ताकका गोरखापत्रमा प्रकाशित कथा, उपन्यास, निबन्ध, नाटक, जीवनी आदिको प्रकाशन र समालोचना तथा नैतिकता र राष्ट्रिय जागरण ल्याउने खालका प्रशस्त सामग्री छन् । उदाहरणका लागि वि. सं. १९७३ मा ‘तरङ्गिणी’ नाटकको समालोचना गर्दै लेखकलाई ‘यस्तोे गरी सज्जन महानुभावले नेपालीभाषा साहित्यका पुस्तकको अभाव भराउ“दै जानुभयो भने हाम्रो नेपाली भाषालाई पनि विश्वविद्यालयमा स्थान मिल्ला भन्ने पूरा उम्मेद छ’ भन्ने लेखिएको छ । वि. सं. १९६२ मा कलकत्ताको काउन्सिलरमा कमान्डर कर्णेल बहादुरजङ राणा बहाली भएपछि जयपृथ्वी काठमाडौँ फर्किनुभयो । कलकत्तामा उहाँले कानुनमा स्नातक गर्नुभएको थियो । नेपाल फर्कंदा गोरखापत्रका लागि हाते प्रेस लिएर आउनुभएको थियो ।

वि.सं. १९६५ मा जयपृथ्वी गोरखापत्रका प्रमुख सम्पादकका हैसियतले बेलायत जानुभएको थियो । जयपृथ्वीको प्रतिभाबाट प्रभावित भई बेलायतका सम्राट् एडवर्ड सप्तमबाट उहाँले मानार्थ कर्नेल उपाधि पनि पाउनुभएको थियो ।

नेपाली भाषा पाठ्यपुस्तक र गोरखापत्र निकाल्दै गर्दा व्याकरणको महत्वलाई ध्यानमा राखी जयपृथ्वीले वि.सं. १९६९ मा ‘प्राकृत व्याकरण’ नामक नेपाली व्याकरणको पुस्तक लेखी प्रकाशन गर्नुभएको थियो ।

जयपृथ्वीले देश छाडेर भारतको नैनीतालमा बस्दा १३ वर्ष लगाएर युमानिज्म सिद्धान्त प्रतिपादन गर्नुभएको थियो । पछि यसै सिद्धान्तलाई युमानिस्ट मासिक पत्रिकाका रूपमा प्रकाशित गरी सो अनुसार व्यवहार र आचरण रुपान्तरण गर्ने गराउने उद्देश्यका साथ बैङ्गलोरमा द ह्युमानिज्म नामक क्लब पनि सञ्चालन गर्नुभएको थियो ।

यही पुस्तकलाई व्यापक रूप दिएर सन् १९२८ मा बैङ््गलोर भारतबाट अङ्ग्रेजीमा ह्युमानिज्म प्रकाशन गर्नुभएको थियो । जयपृथ्वीस“ग इतिहासकार बाबुराम आचार्य जीवनभर स“गै बस्नुभएको थियो र उहाँको सम्पूर्ण व्यवस्था जयपृथ्वीले नै गरिदिनुभएको थियो । सन् १९२८ मा पिस एन्ड युनिटी प्रोपोगाण्डा ब्युरो गठन गर्नुभएका जयपृथ्वीले सन् १९२९ सेप्टेम्बरदेखि सन् १९३८ सम्म विश्व भ्रमण गर्नुभएको थियो । उहाँको विश्व भ्रमणका बारेमा–

‘न्युयोर्क टाइम्स’ ‘इभिनिङ जर्नल’ ‘हेराल्ड ट्रिब्युन सिकागो, ‘जापान टाइम्स’ कुमिन, टोक्यो जापान, द जापान एड्भर्टाइजर ‘जापान टाइम्स’ ‘द नर्थ चाइना डेली न्युज’ ‘चाइना प्रेस’ ‘द साङ्घाई टाइम्स ‘द बिक्ली’ र ‘गोरखा सेवक’ लगायत पत्रिकाले महìवका साथ समाचार प्रकाशित गरेको पाइन्छ ।

वास्तवमा मानव सभ्यताको बीज नै विचार हो । एक पटक सत्य विचारको विजारोपण भएमा अवश्य पनि अङ्कुरित हुन्छ, पल्लवित हुन्छ र पुष्पित हुन्छ । अनि सच्चा मानव पनि त्यही हो, जसले स्वतन्त्र रूपले खुसीका साथ प्रगतिमुखी नियमको पालना गर्दछ ।

चिन्तन, त्याग र कर्मयोगका एकीकृत प्रतिमूर्ति जयपृथ्वीले आफ्नो सम्पूर्ण राजसी सुखसयल तृण बराबर ठानी मानव मात्रको सुख, खुसी, समृद्धि र शान्तिका लागि मानवतावादलाई विश्व मानव मात्रका मन, मुटु र मस्तिष्कसम्म पु¥याउन गरेको प्रयास नेपालका लागि गौरवको विषय हो ।

प्रत्येक नागरिकको सोचाइमा शान्तिको अभ्यास हुनु आवश्यक छ । प्रत्येक नागरिकले शान्तिलाई आफ्नो जीवन पद्धति बनाउनु आवश्यक छ । आफ्नो जीवनमा आदर्श एकता, सहयोग र सद्भावनामा बदल्नु आवश्यक छ । विभिन्न वर्गका बीच स्वच्छ समझदारी र सहानुभूति जुटाउनु आवश्यक छ । मानिसका भावना र बानीले सह–अस्तित्व स्वीकार्नु आवश्यक छ, सह–अस्तित्वबाट मात्र एकता हुन्छ, एकतामा मात्र शान्ति हुन्छ र शान्तिमा मात्र सुख प्राप्त हुन्छ भन्ने कुरा हरेक मानिसले स्वीकार्नु आवश्यक छ, जसका लागि मानवतावादको अध्ययन अति आवश्यक छ ।

सूचना मानिसलाई सहजतातिर लैजाने एउटा शिक्षा हो, जसले तर्कसङ्गत ढङ्गले विश्लेषण गर्न सहयोग पु¥याउँछ । नेपालमा छापा सञ्चार माध्यमबाट सूचनामा आम नागरिकको पहँुच विस्तार गर्ने र तत्कालीन शासक र प्रजा बीचको सेतुका रूपमा गोरखापत्रलाई स्थापित गर्ने संस्थापक जयपृथ्वीले गोरखापत्र प्रकाशनको चाँजोपाजो मिलाएर नेपाली पत्रकारिताको क्षेत्रमा संस्थागत जग हाल्ने काम गर्नुभएको थियो । उहाँको यो कार्य तत्कालीन परिवेशको नेपाली समाजमा अभूतपूर्व र साहसिक काम थियो । गोरखापत्रअनलाइनमा तारा बस्यालले लेखेका छन् ।

 

  •  
  •  
  •  
  •  
  •