शिक्षा मन्त्रालयलाई समितिको निर्देशन : विद्यालय, विश्वविश्द्यालयको पठनपाठनबारे आगामी बैठकमा जानकारी गराउनु

२४ बैशाख ०७७, काठमाडौं । प्रतिनिधि सभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकले कुनै पनि तहको परीक्षा र पठनपाठन साथै भर्ना नलिन निर्देशन गरेको छ ।

बुधबार शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीको सभापतित्वमा बसेको समितिको बैठकले यस्तो निर्देशन गरेको हो ।

“कोरोना संक्रमणको हालको जोखिमपूर्ण अवस्थामा कुनै पनि तहको परिक्षा र पठनपाठन सामान्य अवस्थामा जस्तो गर्न सकिने अवस्था नरहेकोले हाललाई कुनै पनि तहमा भर्ना र परिक्षा नलिने” समितिको निर्देशनमा भनिएको छ ।

यस्तै समितिले “कोरोना संक्रमणको हालको जोखिमपूर्ण अवस्थामा विद्यालय/विश्वविद्यालयको पठनपाठन सामान्य अवस्थामा जस्तो गर्न सकिने अवस्था नरहेकाले यो सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरिरहेको अध्ययन/ तयारीको सम्बन्धमा समितिलाई आगामी बैठकमा जानकारी गराउन” समेत निर्देशन गरेको छ ।

यसैगरी समितिले लकडाउनको अवस्थामा घरमा रहेका विद्यार्थीहरुलाई विद्यालयले विभिन्न माध्यमबाट पठनपाठन गरिरहको सम्बन्धमा यस्ता कुनैपनि क्रियाकलापलाई पछि गएर विद्यालयको तहगत विषयगत औपचारिक पठनपाठन नमानिने कुराको अहिले नै सुनिश्चितता गर्ने र यस सम्बन्धमा सम्पूर्ण प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर सबैलाई सूचित गर्ने जनाएको छ ।

समितिको निर्देशनको पूर्णपाठ :

  •  
  •  
  •  
  •  
  •