स्थायी समितिका लागि प्रस्ताव ठोस गर्न नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपरान्ह तीन बजे बस्दैछ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलि बिहीबार बस्ने स्थायी कमिटी बैठकका लािग प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह तीन बजे बस्ने सचिवालय बैठकले एजेण्डा तय गर्ने बताएका छन् ।

यही बैशाख २० गते बसेको सचिवालय बैठकले आत्मालोचना गर्दै सबै पार्टी पंक्तिलाई गुट उन्मुख नहुन निर्देशन दिँदै पार्टीलाई एक ढिक्का बनाएर लैजाने निर्णय निर्णय गरेको थियो ।

नेकपाका शीर्ष नेताहरु नै स्थायी समितिका लागि प्रस्ताव ठोस गर्न र व्यवहारतः सबै नेता एकमत हुन सकिरहेका छैनन् ।

कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले स्थायी समिति बैठकका लागि एजेण्डा तय गर्दैछन् ।

  •  
  •  
  •  
  •  
  •