होटल मजदुर संघको पहलमा अतिविपन्न श्रमिकहरुलाई राहत बितरण

२४ बैशाख ०७७, काठमाडौं । अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघ केन्द्रीय समितिको संयोजनमा काठमाडौंका विभिन्न स्थानमा राहत बितरण गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले बन्दाबन्दी आदेश जारी गरेपछि खाद्य संकटमा परेका विपन्न मजदुरहरुलाई राहत वितरण गरिएको संघका अध्यक्ष माधव पाण्डेले जानकारी दिए ।

उनले संघको पहलमा स्वयम्भू, ठमेल, बलकुमारी, हरिसिद्धी लगायतका स्थानहरुमा अतिविपन्न श्रमिकहरुलाई राहत बितरण गरिएको बताए ।

अध्यक्ष पाण्डेले मंगलबार सेवा संस्थाको सहयोगमा ३० जना होटल मजदुरहरुलाई प्रतिव्यक्ति १ बोरा चामल, १ लिटर तेल, १ केजी नुन, २ केजी दाल वितरण गरिएको र उक्त राहत वितरणमा सेवा संस्थाका बिकास अधिकारी, अन्टुफ उपमहासचिव प्रकाश श्रेष्ठ, सचिबालय सदस्य युवराज लुइँटेलको उपस्थिति रहेको बताए ।

  •  
  •  
  •  
  •  
  •