अन्टुफ झापाद्वारा ढुवानी र अटो मजदुरलाई राहत बितरण

 

२५ बैशाख ०७७, झापा । अखिल नेपाल ट्रेड युनियन महासंघको पहलमा अन्टुफ झापाद्वारा ढुवानी श्रमिकलाई राहत बितरण गरिएको छ ।

अन्टुफ प्रदेश १ इन्चार्ज भुपाल सापकोटाले ढुवानी मजदुर र अटो मजदुर गरी ३२६ जना श्रमिकहरुलाई राहत वितरण गरिएको बताए ।

लामो समयको बन्दाबन्दीले ढुवानी मजदुर र अटो मजदुरहरुको दैनिकीमा नै समस्या भएपछि अन्टुफको क्रियाशीलतामा २६४ जनालाई प्रतिव्यक्ति १० किलोका दरले र ६२ जना मजदुरलाई प्रतिव्यक्ति ६ किलो चामल राहतस्वरुप दिइएको उनले बताए ।

उनले पूर्वका चिया बगानहरु सबै सञ्चालनमा आइसकेको जानकारी दिँदै बगानमा भौतिकदूरी कायम राखेर अधारभूत स्वास्थ्य सामग्रीको प्रयोग गरेर मजदुरहरु श्रममा लागिसकेको बताए ।

  •  
  •  
  •  
  •  
  •