आज साँझ ७ बजे देशभर दीप प्रज्वलन

२५  बैशाख ०७७, काठमाडौं । आज साँझ ७ बजे देशभर दीप प्रज्वलन गरिएको छ ।

पोखरा महानगरपालिका १३ स्थित भद्रकालीमा दीप प्रज्वलन गर्दै कृतिसा रानाभाट ।

सरकारले विश्व शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्धको २५६४औं जन्मजयन्तीका सन्दर्भमा कोरोना महामारीविरुद्धको लडाईंमा अग्रभागमा लडिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवकहरुप्रति उच्च सम्मान गर्दै संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभका लागि र कोरोनाका कारण विश्वभर मृत्युवरण गरेकाहरुका शान्तिका लागि दीप प्रज्जवलन गर्न आह्वान गरेअनुसार साँझ ७ बजे देशभर दीप प्रज्वलन गरिएको हो ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले २५६४औँ बुद्धजयन्तीका अवसरमा गौतम बुद्धको प्रतिमामा माल्यार्पण गरेका छन् ।

२५६४औँ बुद्धजयन्तीका अवसरमा गौतम बुद्धको प्रतिमामा माल्यार्पण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली / तस्बिर : सूर्य थापाको फेसबुकबाट ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार परिसरमा रहेको बुद्धको प्रतिमामा माल्यार्पण गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बुद्धको प्रतिमामा प्रधानमन्त्रीले पुष्पगुच्छा माल्यार्पण गरेको फोटो पोष्ट गर्दै लेखेका छन्, “प्रधानमन्त्रीज्यूद्वारा बालुवाटार निवास परिसरमा अवस्थित बुद्ध प्रतिमामा माल्यार्पण । बुद्ध जयन्तीको पावन अवसरमा महामानव गौतम बुद्धको सम्झना र सम्मान ।”

  •  
  •  
  •  
  •  
  •