दुई जना थपिएसँगै कोरोना संक्रमित संख्या १०१ पुग्यो

२५ बैशाख ०७७, काठमाडौं । हालको अध्यावधिक विवरण अनुसार कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएकाहरूको जम्मा संख्या १०१ पुगेको छ ।

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा भएको परीक्षणअनुसार नयाँ पुष्टि भएको संख्या दुई जना थपिएसँगै संक्रमित संख्या १०१ पुगेको हो ।

नयाँ संक्रमित कपिलवस्तु –०८ निवासी १६ र २२ वर्षका पुरुषहरू रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म प्राप्त विवरणअनुसार निजहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बेलुका ८ः४० बजे विज्ञप्तिमार्फत् जानकारी गराएका छन् ।

स्वास्थ्य मन्त्रालयको प्रेस विज्ञप्ति :

  •  
  •  
  •  
  •  
  •