संसद बैठकमा सहभागी हुन सांसद र कर्मचारीको अनिवार्य कोभिड–१९ परीक्षण

२६ बैशाख ०७७, काठमाडौं । संसदको बजेट अधिवेशन सुरुहुनु अघि बिहीबार बैठकमा सहभागी हुने सांसद, कर्मचारी र सुरक्षाकर्मीको कोभिड–१९ परीक्षण सुरु गरिएको छ ।

संसद सचिवालयकाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा स्वाब सङ्कलन गरी परीक्षण सुरु गरिएको हो ।

पहिलो चरणमा जोखिमपूर्ण स्थानहरुबाट काठमाडौँ फर्किएका सांसद, सुरक्षाकर्मी साथैै कार्यव्यवस्था परामर्श समितिका कर्मचारीहरुको स्वाब सङ्कलन गरिएको छ ।

प्रतिनिधि सभातर्फ १७९ र राष्ट्रिय सभातर्फ ३३ जना, कर्मचारी र मर्यादापालक गरेर २२९ कूल ४४१ जनाको पनि स्वाब सङ्कलन भएको छ ।

शुक्रबार बिहान ८ बजेदेखि १० बजेसम्म बाँकी रहेका सांसद तथा सुरक्षाकर्मीको स्वाब सङ्कलन हुने भन्दै सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले परीक्षण नभएसम्म बैठकमा सहभागी नहुन सदस्यहरूलाई आग्रह गरिएको जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •