अन्टुफ इन्चार्ज र केन्द्रीय सचिवको पहलमा यातायात मजदुरलाई राहत वितरण

२७ बैशाख ०७७, काठमाडौं । अन्टुफ–जिफन्टको फ्याक्सन इन्चार्ज जयपुरी घर्ती र अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव सोम तामाङको पहलमा यातायात मजदुरलाई राहत वितरण गरिएको छ ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम र नियन्त्रण लागि पटकपटक थपिएको बन्दाबन्दीका कारण यातायात मजदुरको दैनिकमा समस्यामा भएपछि ४७ मजदुर परिवारलाई राहत वितरण गरिएको हो ।

लाफा ग्रुप लिमिटेडका अध्यक्ष चन्द्र ज्योति आले र सो ग्रुपको तर्फबाट पाँच सय ७५ के.जी. चामल, दाल ४७ के.जी. तेल ४७ लिटर, नुन ४७ के.जी. सहयोग प्राप्त भएको थियो ।

उपलब्ध उक्त खाद्यान्न राहत बालाजु क्षेत्रमा काम गर्ने यातायात मजदुर चालक तथा सहचालकहरूलाई अखिल नेपाल यातयात मजदुर संघ बागमती प्रदेश साथै काठमाडौं जिल्ला समितिको समन्वयमा वितरण गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •