थप सात जनामा कोरोना पुष्टि, संक्रमित संख्या १०९ पुग्यो

२७ बैशाख ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ का पुष्टि भएकाहरूको संख्या १०९ पुगेको जानकारी दिएको छ ।

मन्त्रालयले हालको अध्यावधिक विवरण अनुसार शनिबार बिहान प्रेस विज्ञप्ति जारी गरेर कोभिड १९ का पुष्टि भएकाहरूको संख्या १०९ पुगेको जानकारी दिएको हो ।

“राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पताल, बिराटनगरको प्रयोगशालामा गरिएको परीक्षणअनुसार नयाँ पुष्टी भएको संख्या सात (७) छ,” प्रेस विज्ञप्तिमा भनिएको छ, “जो उदयपुर, भुल्के निवासी १८, ४५ र ६५ बर्षका महिलाहरू, कपिलवस्तु निवासी १७, १८ र १८ वर्षका पुरुपहरू, पर्सा छपकैया निवासी ६२ वर्षका पुरुष हुनहुन्छ ।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार निजहरूको स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।

  •  
  •  
  •  
  •  
  •