सरकारको राहत वास्तविक बिपन्नसम्म नपुगेपछि सरोकारवालाहरुको बैठक

राजविराज । स्थानीय तहबाट वितरण गरिएको राहत वास्तविक विपन्नसम्म नपुगेको भन्दै सरोकारवालाहरुको बैठक बसेको छ ।

महादेवा गाउँपालिकाद्वारा वितरीत राहत बिपन्न, असहाय, दलित, गरिब वर्गलाई वितरण गरिएको भनिए पनि राहत बितरण प्रक्रियाबाट वास्तविक पीडितहरु बञ्चित भएको भन्दै सरोकारवालाहरुको बैठक शनिबार बसेको हो ।

प्रेस संगठनका केन्द्रीय सदस्य देवराम यादवले महादेवा गापाको वडा नम्बर –४ बलियामा वडा सदस्य बद्री कामैतको घरमा बसेको बैठकले विकास निर्माणको बजेटमा भ्रष्टाचार गर्ने बानी परिसकेका स्थानीय सरकारका जनप्रतिनिधिहरु गरीब, निमूखा र पीडितलाई दिने राहतमा समेत भ्रष्टाचार गर्न नछोडेको निष्कर्ष निकालेको बताए ।

उनले सो बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सप्तरीका जिल्ला सदस्य बासुदेव यादव, दिपेन्द्र माझी, चौठी खंग, मनोज यादव, किसान महासघका प्रदेश सहसयोजक राजाराम यादव, मुस्लिम संगठनका जिल्ला सयोजक मं डोमन, महादेवा गापाका राहत समितिका वडा –१ का जय नारायण यादव, वडा –२ का अशोक मण्डल, वडा –३ का सुरेन्द्र यादव, वडा –४ का सरोवर कामैत, वडा –६ का रामचन्द्र मण्डल, वडा –५ का चौठी खंग, राज नारायण साह, हजरत, बलराम साह, सकुर, बिन्देश्वर यादव, लगायतको उपस्थिति रहेको र सबैले आफ्नो भनाई राखेको बताए ।

  •  
  •  
  •  
  •  
  •