चीनद्वारा नेपाललाई ४० हजार थान पिसीआर किटसहित अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग

२९ बैशाख ०७७, काठमाडौं । चीन सरकारले नेपाललाई कोरोना भाइरस (कोभिड– १९) रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

नेपालका लागि चीनका राजदूत होउ यान्छीले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ४० हजार थान पिसीआर किट, २० हजार थान एन ९५ मास्क, ८ लाख सर्जिकल मास्क, १० हजार थान चस्मा र १० हजार थान डिस्पोजेबल कभरअल लगायतका सामग्री हस्तान्तरण गरेकी हुन् ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा चिनियाँ राजदूत होउले केही महिनाअघि चीनलाई संकट पर्दा नेपालले सहयोग गरेको स्मरण गर्दै अहिले नेपाललाई सहयोग गर्न पाउँदा खुसी लागेको बताएकी थिइन् भने स्वास्थ्यमन्त्री ढकालले छिमेकी देश चीनले संकटमा गरेको सहयोग अविस्मरणीय हुने बताएका थिए ।

चीनले नेपाललाई यसअघि पनि स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो भने केही दिनअघि मात्रै स्वीस सरकारले ३० हजार थान पिसिआर परीक्षणका आवश्यक किट सहयोग गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •