नयाँ संक्रमित २६ जना थपिएसँगै कोरोना पुष्टि संख्या २१७ पुग्यो

३० बैशाख ०७७, काठमाडौं । पछिल्लो अध्यावधिक विवरण अनुसार कोभिड–१९ का पुष्टि भएकाहरूको संख्या २१७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राती १०ः१५ बजे विज्ञप्ति जारी गरेर संक्रमितहरुको संख्या २१७ पुगेको जानकारी दिएको हो ।

“राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएको संख्या छब्बीस (२६) छ,” मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “जो पर्सा जिल्ला निवासी २२, २८, २८, ३२, ४५, ६० वर्षीय महिलाहरू; १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९, ५५, ६१, ६१ वर्षीय पुरुषहरू; महोत्तरी जिल्ला निवासी १६, ३५ वर्षीय पुरुषहरू; धनुषा जिल्ला निवासी २० वर्षीय महिला र ४० वर्षीय पुरुष; भक्तपुर जिल्ला निवासी २५ वर्षीय महिला र २७ वर्षीय पुरुष; काठमाडौं जिल्ला निवासी ३३ वर्षीय महिला; सर्लाही निवासी ४५ वर्षीय पुरुष हुनुहुन्छ ।”

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा निजहरूको स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उल्लेख छ ।

  •  
  •  
  •  
  •  
  •