कोरोना संक्रमित चौबीस जना थपिए, कूल संख्या २४३

३१ बैशाख ०७७, काठमाडौं । अध्यावधिक विवरण अनुसार कोभिड–१९ का पुष्टी भएकाहरूको संख्या २४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ नयाँ पुष्टी भएको संख्या चौबीस (२४) पुगेको बताएसँगै संक्रमित संख्या २४३ पुगेको हो ।

संक्रमितहरु रुपन्देही जिल्ला निवासी २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षीय पुरुषहरू; ४, १०, २८ वर्षीय महिलाहरू; कपिलवस्तु निवासी २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ वर्षीय पुरुषहरू; पर्सा निवासी ३६, ७४ वर्षीय पुरुषहरू र ३६ वर्षीय महिला; नवलपरासी निवासी ३६ वर्षीय पुरुष रहेका छन् ।

मन्त्रालयले उनीहरु को स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

  •  
  •  
  •  
  •  
  •