कोरोना संक्रमितको संख्या २१९ पुग्यो

३१ बैशाख ०७७, काठमाडौं । पछिल्लो अध्यावधिक विवरण अनुसार कोभिड–१९ का पुष्टि भएकाहरूको संख्या २१९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिउँसो १ः३० र १०ः५० बजे विज्ञप्ति जारी गरेर संक्रमितहरुको संख्या २१९ पुगेको जानकारी दिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि हुनेमा कपिलबस्तु जिल्ला, कपिलबस्तु न.पा निवासी २२ वर्षीय पुरुष र बाँके जिल्ला, नेपालगञ्ज वडा नं. ८ निवासी ३६ वर्षीय पुरुष छन् ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा निजहरूको स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उल्लेख छ ।

  •  
  •  
  •  
  •  
  •