बन्दाबन्दीका कारण ऊर्जा क्षेत्रमा भएको क्षतिमा राहत दिने उर्जामन्त्रीको भनाई

काठमाडौं । ऊर्जा जलस्रोत तथाँ सिँचाई मन्त्री वर्षमान पुनले घोषित बन्दाबन्दीका कारण ऊर्जा क्षेत्रमा भएको निजी क्षेत्रको क्षतिमा राहत दिने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाजले मंगलबार आयोजना गरेको एक कार्यक्रममा मन्त्री पुनले यस्तो बताएका हुन् ।

सर्भे र जेनेरेशन अनुमति लिएका, वित्तीय व्यवस्थापन गरिसकेका र पीपीई भइसकेका निजी क्षेत्रका आयोजनाहरुको म्याद थप गरिने सो अवसरमा उनले बताए ।

“निजी क्षेत्रले कोरोनाका कारण ब्यहोरोको घाटा सेयर गर्न सरकार तयार छ,” उनले भने, “अहिल्यै कोरोना महामारी कहिलेसम्म रहन्छ र क्षति कति हुन्छ भन्न सकिने अवस्था छैन । महामारीपछि सर्वपक्षीय कार्यदल बनाएरै क्षतिको मूल्याङ्कन हुन्छ ।”

उनले आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा ‘एक प्रदेश एक ठूला आयोजना’ प्रस्ताव गरिने बताए ।

दूधकोशी, तामाकोशी–५, बुढीगण्डकी, सेती, नौमुरे, जगदुल्लाह, नलसिंहगढ, फुकोट पञ्चेश्वर बहुउद्येश्यीय, पश्चिम सेती, जलासयुक्त माडीलगायत आयोजना अघि बढाउने गरी बजेट निर्धारण गरिने समेत मनत्री पुनले बताए ।

  •  
  •  
  •  
  •  
  •