नवलपरासीका ४९ वर्षीय एक पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या २४६

१ जेठ ०७७, नवलपरासी । देवचुली नगरपालिका १२ का ४९ वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले बिहीबार नवलपरासी (ब.सू.पू), देवचुली न.पा.–१२ निवासी ४९ वर्षीय पुरुषमा कोभिड–१९ पोजेटिभ देखिएको जानकारी दिएको हो ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा उनको रिर्पोट पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले योसँगै संक्रमितको संख्या २४६ पुगेको बताएको छ ।

  •  
  •  
  •  
  •  
  •