सात वर्षीय बालकसहित ३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २४९

१ जेठ ०७७, काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ पुष्टि भएकाहरूको संख्या २४९ पुगेको जानकारी दिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा ७ वर्षीय बालकसहित ३ जनामा कोरोना पुष्टि भएसँगै संक्रमित संख्या २४९ पुगेको हो ।

मन्त्रालयले काठमाडौंको दहचोक निवासी ७ वर्षीय पुरुष, जनकपुर धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिलाको कोभिड–१९ रिर्पोट पोजेटिभ आएको बताएको छ ।

संक्रमितहरू सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मनत्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •