नेपालले छुटेका भूमिहरू समावेश गरी नयाँ नक्सा जारी गर्ने

२ जेठ ०७७ काठमाडौं । सरकारका आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा नेपालको छुटेका भूमिहरू समावेश गरी नयाँ नक्सा जारी गर्ने उल्लेख गरिएको छ ।

शुक्रबार सार्जजनिक गरिएको नीति तथा कार्यक्रममा ऐतिहासिक सन्धि, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट भारतसँगको सीमासम्बन्धी विषयको समाधान गर्ने पनि उल्लेख छ ।

सरकारले लिपुलेक र कालापानी क्षेत्र नेपालको भएको र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गर्ने भएको बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा प्रस्ततु गरेकी सरकारको नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको हो ।

  •  
  •  
  •  
  •  
  •