सरकारको नीति तथा कार्यक्रममा “स्नातक युवालाई चिनौँ, आफ्नो देश बनाऔँ”

२ जेठ ०७७ काठमाडौं । सरकारले शुक्रबार आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बेरोजगारको तथ्याङ्क लिन र क्षमताको आधारमा रोजगारी सिर्जना गराउन श्रम बैंकको स्थापना गर्ने बताएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विदेशबाट फर्कने र नेपालमै रहेका युवालाई आवश्यक रोजगारीको सिर्जना गर्न श्रम सूचना बैंक स्थापना गर्ने बताएकी हुन् ।

देशमा रहेका बेरोजगार युवालाई क्षमताअनुसार रोजगारदातासँग समन्वय गराउने काम श्रम सूचना बैंकले गर्ने भन्दै राष्ट्रपतिले वैदेशिक रोजगारबाट फर्किएका युवा र नेपालकै शिक्षित युवालाई सीप र क्षमताको आधारमा सुरुवाती पूँजीको व्यवस्थापन गरिने घोषणा गरिन् ।

हरेक स्थानीय तहमा युवाको सीपको आधारमा घुम्ती सीप दिलाउने तालिम समेत प्रदान गरिने बताउँदै राष्ट्रपति भण्डारीले देशव्यापी रुपमा ‘स्नातक युवालाई चिनौँ, आफ्नो देश बनाऔँ’ कार्यक्रममार्फत् देशव्यापी रुपमा युवा परिचालन गर्ने सरकारको नीति तथा कार्यक्रम रहेको पनि उनले सार्वजनिक गरिन् ।

  •  
  •  
  •  
  •  
  •