कोभिड–१९ संक्रमित संख्या २७३ पुग्यो, निको हुने ३६, आइसोलेसनमा २६७ जना

३ जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का पुष्टि हुने संख्या २७३ पुगेको जनाएको छ ।

शनिबार बिहान मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं गरिएको परीक्षण अनुसार नयाँ पुष्टी भएको संख्या ६ थपिएपछि कूल संक्रमित संख्या २७३ पुगेको जानकारी दिएको हो ।

मन्त्रालयले बर्दिया नार्ख ११ निवासी २८ वर्षीय महिला, सिराहा सखुवा १९ निवासी ३० वर्षीय पुरुष, पसा विरगंज १२ निवासी २८, २९ वर्षीय पुरुष, सर्लाही रामनगर ४ निवासी १८ वर्षीय महिला, चितवन, गढ़ौली१ निवासी २५ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताएका छन् ।

हालसम्म निको हुने संक्रमितहरुको संख्या ३६ जना पुगेको छ भने आइसोलेसनमा २६७ जना रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •