कोरोना संक्रमित दुई जना थपिए, कूल संख्या २७८ पुग्यो

३ जेठ ०७७, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमित संख्या २७८ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा संक्रमित २७८ जना पुगेका बताएका हुन् ।

यस्तै हालसम्म संक्रमित मध्ये ३६ जना निको भइसकेको र ३२० जना आइसोलेसनमा रहेको बताइएको छ भने क्वारेन्टाइनमा १६ हजार ३ सय ३६ जना रहेको उनले बताए । यस्तै २६ हजार ६ सय ९१ जनाको पीसीआर परीक्षण र ६५ हजार ७ सय ४९ जनाको आरडीटी परीक्षण भइसकेको समेत जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर २५ गते घर फर्किएकी २९ वर्षीया सन्धुपाल्चोक बाह्रबिसेकी महिलाको बिहीबार धुलीखेल अस्पतालमा मृत्यु भएको बारे उनको मृत्यु कोरोना भाइरस (कोभिड–१९) का कारण भए, नभएको अध्ययन भइरहेको पत्रकार सममेलनमा बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •