नेकपाले टुटेको कडीलाई जोड्दै पार्टी एकतालाई अझ सशक्त बनाउने (प्रेस वक्तव्यसहित)

३ जेठ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कम्युनिष्ट आन्दोलनको टुटेको कडीलाई जोड्दै पार्टी एकतालाई अझ सशक्त बनाउने बताएको छ ।

२७औं मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको अवसरमा शनिबार (आज जेठ ३ गते) नेकपाका अध्यक्षद्वय केपी शार्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वक्तव्य जारी गरेर यस्तो बताएका हुन् ।

“नेपाल कम्युनिष्ट आन्दोलनका दुई प्रतिनिधि पार्टीहरू (नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को एकीकरण गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना हुनु नेपाली राजनीतिको सामान्य परिघटना थिएन । यो दुई पार्टीको एकतामार्फत् सर्वाधिक ठूलो पार्टी बनाउने प्राविधिक विषयमात्र पनि थिएन । यो त नेपाली कम्युनिष्ट आन्दोलनको टुटेको कडीलाई जोड्दै सशक्त कम्युनिष्ट पार्टी निर्माण गर्ने, मुलुकको राजनीतिक शक्ति सन्तुलनलाई श्रमजीवी जनताको पक्षमा अनुकूल बनाउने, देशभक्त शक्तिहरूको एकतालाई अझ सशक्त बनाउने र जनताको जनबाद कार्यान्वयन गर्दै समाजबादको आधारशीला निर्माण गर्ने ऐतिहासिक पहलकदमी थियो,” वक्तव्यमा भनिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा जारी वक्तव्य :

  •  
  •  
  •  
  •  
  •