कोरोना संक्रमणबाट मृत्यु हुने संख्या २ पुग्यो, संक्रमित संख्या २९२

४ जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको जानकारी दिएको छ ।

मन्त्रालयले आइतबार नियमित पत्रकार सम्मेलनमा बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेको २५ वर्षीय युवकको मृत्यु कोरोना संक्रमणबाट भएको बताएसँगै कोभिड–१९ बाट मृत्यु हुने संख्या दुई पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार सङ्कलन गरिएको स्वाब परीक्षणको नतिजा कोभिड–१९ पोजिटिभ आएको र आइतबार बिहान एक्कासी स्वास्थ्य अवस्था असामान्य भई युवकको मृत्यु भएको जानकारी दिए ।

रोजगारीका लागि भारतको मुम्बई गएका युवक गत बैशाख ३० गते नरैनापुर आएर क्वारेन्टाइनमा बसेका थिए । युवकको मृत्युभएसँगै नरैनापुर क्वारेन्टाइनमा सन्त्रास छाएको छ ।

मन्त्रालयको पछिल्लो अद्यावधिक विवरण अनुसार कोरोना संक्रमित संख्या १९२ जना पुगेको छ भने ३६ जना निको भएका छन् । यस्तै आइसोलेसनमा ३४६ जना रहेएका छन् ।

 

  •  
  •  
  •  
  •  
  •