जेठ २० गतेसम्म बन्दाबन्दी लम्बयाउने सरकारको निर्णय

४ जेठ ०७७, काठमाडौं । सरकारले बन्दाबन्दीलाई जेठ २० गतेसम्म लम्बयाउने निर्णय गरेको छ ।

जारी बन्दाबन्दी भोलि जेठ ५ गते सकिनु अघि आज बसेको मन्त्रिपरिषद बैठकले बन्दाबन्दीलाई जेठ २० गतेसम्म लम्बयाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जेठ २० गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

आजै सिंहदरबारमा बसेको कोरोनाको रोकथाम उच्चस्तरीय समितिको बैठकले सरकारलाई लकडाउन थप र व्यबस्थित गर्न सिफारिस गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •