कोरोना संक्रमित संख्या ३ सय ५७ पुग्यो, आइसोलेसनमा ४ सय १३ जना

५ जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित संख्या ३ सय ५७ पुगेको बताएको छ ।

नियमित पत्रकार सम्मेलनमा सोमबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कूल संक्रमित संख्या ३ सय ५७ पुगेको जानकारी दिएका हुन् ।

प्रवक्ता देवकोटाले हालसम्म कोरोना संक्रमणबाट नेपालमा २ जनाको निधन भएको बताउँदै ३६ जना निको भइसकेको साथै ४ सय १३ जना आइसोलेसनमा र २० हजार ९० जना क्वारेन्टाइनमा रहेको जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •