बाणिज्य तथा आवसीय भाडा ६ महिनासम्म नलिनु – राष्ट्रपति मदुरो

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो मास्क लगाएर आइतबार देशवासीलाई सम्बोधन गर्दै

मेरिडा । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो मास्क लगाएर आइतबार देशवासीलाई सम्बोधन गर्दैमेरिडा । भेनेजुएला सरकारले जनतालाई कोरोना भाइरसका कारण उत्पन्न आर्थिक संकटबाट बचाउन साना तथा मझौला उद्योगमा काम गर्ने श्रमिकको ज्याला राज्यले दिने  घोषणा गरेको छ ।

राष्ट्रपति निकोलस मदुरोले आइतबार नागरिकलाई प्रत्यक्ष सम्बोधन गर्नेक्रममा सबै वाणिज्य र आवासीय भाडा साथै ब्याज भुक्तानी ६ महिनाको लागि निलम्बन गर्न निर्देशन दिँदै यस्तो घोषणा गरेका हुन् ।

उनले आफ्नो सम्बोधनमा सार्वजनिक–निजी क्षेत्रका कामदारहरूले विशेष सरकारी बोनस प्राप्त गर्ने बताएका छन् । र, साना तथा मझौला उद्योगहरूमा काम गर्ने मजदुरको ज्याला सरकारले सेप्टेम्बरसम्म भुक्तानी गर्ने उद्घोष गरेका छन् ।

  • साना तथा मझौला उद्योगमा काम गर्ने मजदुरको सेप्टेम्बरसम्मको पारिश्रमिक राज्यले दिने ।
  • बाणिज्य तथा आवसीय भाडा ६ महिनासम्म नलिने ।
  • सार्वजनिक तथा निजी क्षेत्रका कामदारहरूले विशेष सरकारी बोनस प्राप्त गर्ने ।
  • साना र मध्यम व्यवसाय गर्नेहरुलाई फास्ट ट्रयाकबाट ऋण उपलब्ध गराइने ।
  • दूरसञ्चार कम्पनीहरुलाई ६ महिनासम्म ग्राहकहरुको लाइन नकाट्न निर्देशन ।
  • कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिने ।
  • घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने ।

साना र मध्यम व्यवसाय गर्नेहरुलाई फास्ट ट्रयाकबाट ऋण उपलब्ध गराइने बताइएको छ । जसमा कृषि लगानी योजनालाई प्राथमिकता दिइने साथै स्थानीय खाद्य उत्पादन सामग्रीको ग्यारेन्टी गर्ने भनिएको छ ।

यस्तै दूरसञ्चार कम्पनीहरुलाई ६ महिनासम्म ग्राहकहरुको लाइन काट्नलाई प्रतिबन्धित गरिएको छ ।

सरकारी प्रवक्ताका अनुसार भेनेजुएलामा कोरोना संक्रमित बाहिर देशबाट आएकोमा देखिएको तर लोकल ट्रान्समिशन (दोस्रो चरण)मा प्रवेश भएको छैन् । हालसम्म भेनेजुएलामा ४० पुरुष र ३७ महिलामा कोरोना संक्रमण देखिएको बताइएको छ । साथै, उनीहरुलाई राजधानी काराकास र मिरन्डा राज्यमा राखिएको बताइएको छ । संक्रमित मध्ये दुईजनाको स्थिति गम्भीर रहेको र १५ जना भाइरसबाट मुक्त भएको सरकारले आइतबार जानकारी दिएको छ ।

मदुरोले देशवासीलाई सम्बोधन गर्दै उपचारमा कमी हुन नदिन अस्थायी अस्पताल बेडहरु ४२ सय तयारी गरिएको र कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

भेनेजुएलाले गत मंगलबारदेखि राष्ट्रिय लकडाउन लागू गरिएको छ । अत्यावश्यक खाना र औषधि पसलहरू बाहेक आवागमन र हिँडडुल गर्न प्रतिबन्ध गरेको छ । लगभग सबै हवाई उडानहरू र सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ । घरबाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्न भनिएको छ । यस्तै स्थानीय अधिकारीहरूले सप्ताहन्तमा शहरको विभिन्न केन्द्रहरू कीटाणुरहित गर्न औषधि छर्किएका थिए ।

अहिले भेनेजुएलामा १३ हजार भन्दा बढी डाक्टरहरुले नागरिकको घरघरमा पुगेर मेडिकल चेकजाँच गरिरहेका छन् । नागरिकहरुलाई सम्भावित कोरोना लक्षणको रिपोर्ट गर्न इलेक्ट्रोनिक होमल्याण्ड कार्ड प्रयोग गर्न समेत सुझाइएको छ ।

भेनेजुएला सरकारले अमेरिकामा रहेका आफ्ना नागरिकहरुलाई फिर्ता ल्याउन ४८ घण्टा मात्रै भेनेजुएलाबिरूद्ध अमेरिकी ट्रेजरी डिपार्टमेन्टले फेब्रुअरीमा लगाएको प्रतिबन्ध हटाउन माग गरेको छ । परराष्ट्रमन्त्री जोर्गे अर्रेजाका अनुसार स्टेट एयरलाइन्स अमेरिकामा रहेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन तयारी अवस्था रहेको छ ।

प्रस्तुत समाचार भेनेजुयला संवाददाता पाउल डोब्सनको न्यूज संक्षेपीकरणसहित नेपाली अनुवाद गरिएको हो । ‘पाउल डोब्सन’ भेनेजुयलास्थित पत्रकार एवम् अन्तर्राष्ट्रिय एकता तथा संघर्ष समितिका क्षेत्रीय संयोजक साथै ब्रिटेन कम्युनिष्ट पार्टीका सदस्य हुन् ।

  •  
  •  
  •  
  •  
  •