३ सय ४ जना पुगे, कोरोना भाइरस संक्रमित

५ जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमित संख्या ३ सय ४ पुगेको जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक विवरण अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा नयाँ संक्रमित ९ जना पुष्टि भएसँगै कूल संक्रमित संख्या ३ सय ४ पुगेको हो ।

संक्रमितहरु रौतहट इशनाथ नगरपालिका २, ३६ र ९ निवासी २१, २१, २३, २५, २५, २९, ३० बर्षीय पुरुषहरू र रौतहट माधव नारायण नगरपालिक ३ निवासी २८ वर्षीय महिला, बारा करैयामाई ५ निवासी ३८ बर्षीय पुरुष रहेको मन्त्रालयले सोमबार बिहान जानकारी दिएको छ ।

  •  
  •  
  •  
  •  
  •