दुई प्रहरीमा कोरोना पुष्टि, प्रहरी वृत्त कालीमाटी सिल

७ जेठ ०७७, काठमाडौं । महानगरीय प्रहरी वृत्त कालीमाटी साथै वृत्त परिसरमै रहेको प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख रुगम कुँवरले वृत्तमा कार्यरत दुई जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै सिल गरिएको जानकारी दिए ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणमा मंगलबार एक जना सई र एक जवानमा कोरोना संक्रमण पुष्टि भएको विवरण प्रहरीलाई दिएको थियो ।

  •  
  •  
  •  
  •  
  •