कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, संक्रमित ४५३

८ जेठ ०७७, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९)का कारण गुल्मीका ४१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनको मृत्यु बिहीबार बिहान भएको बताएका हुन् ।

यसअघि कोरोना संक्रमणका कारण सिन्धुपाल्चोककी २९ वर्षकी सुत्केरी महिला र बाँके नरैनापुरका २५ वर्षीय पुरुषको मृत्यु भइसकेको छ ।

यस्तै पछिल्लो परीक्षणको नतिजाअनुसार ९ नौ जनामा कोराना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४५३ पुगेको छ ।

  •  
  •  
  •  
  •  
  •