थप ९ जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमित ५१६ पुगे

९ जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको बताएको छ ।

शुक्रबार बेलुका मन्त्रालयले दिएको जानकारी अनुसार थप ९ जनामा संक्रमण देखिएसँगै कूल संक्रमित ५१६ जना पुगेको छ ।

नयाँ संक्रमितहरु मकवानपुर हेटौडा ३ की ५४ वर्षीया महिला, भक्तपुर ९ का ४२ वर्षीया महिला, सप्तरी बलान बिहुल गाउँपालिकाका ३५ वर्षका पुरुष साथै बारा सिम्रौनगढ नगपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका पुरुषहरु रहेको मन्त्रालयले बताएको छ ।

  •  
  •  
  •  
  •  
  •