कोरोना भाइरस संक्रमितको संख्या ६०३ पुग्यो

११ जेठ ०७७, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ६०३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित जानकारी गराउने गराउने क्रममा आइतबार संक्रमितको संख्या ६०३ पुगेको बताएको हो ।

मन्त्रालयकाअनुसार पछिल्लो अद्यावधिक विवरणबारे जानकारी दिँदै कूल संक्रमित मध्ये ३ जनको निधन भएको र ८७ जना निको भइसकेको जनाएको छ ।

यस्तै हाल देशभर आइसोलेसनमा ५१३ जना, क्वारेन्टाइनमा ३९ हजार ८ सय ४ जना रहेको बताएको छ । साथै, मन्त्रालयले ४८ हजार ८ सय १५ जनको पीसीआर र ९० हजार २६ जनाको आरडीटी परीक्षण भइसकेको पनि जानकारी दिएको छ ।

नेपालमा कोरोना संक्रमणबाट हालसम्म तीन जनाको मृत्यु भइसकेको छ ।

  •  
  •  
  •  
  •  
  •