दुबै सदनको लोगोमा एकरूपता ल्याउन प्रतिनिधिसभालाई अनुरोध गर्ने

११ जेठ ०७७, काठमाडौं । संघीय संसदअन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसद्को प्रतीक लोगो परिवर्तन गर्ने निर्णय गरेको छ ।

सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसद्को लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले आइतबार बसेको समितिको बैठकले  यस्तो निर्णय गरेको हो ।

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले नेपालको परिवर्तित नक्सा राजपत्रमा प्रकाशन गरेपछि लोगोमा प्रयोग भएको नक्सा सोहीअनुसार परिवर्तन गर्ने निर्णय गरिएको जानकारी दिए ।

संघीय संसद्का दुवै सदनमा सांसदले प्रयोग गर्दै आएको लोगोमा एकरूपता ल्याउन प्रतिनिधिसभालाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २२१ अनुसार सांसदहरूको पोसाक र संघीय संसद्को प्रतीक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोकेबमोजिम हुने व्यवस्था छ ।

  •  
  •  
  •  
  •  
  •