सरकारलाई १३ देखि १४ खर्बसम्मको बजेट ल्याउन कांग्रेसको सुझाव

११ जेठ ०७७, काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई आर्थिक वर्ष ०७७/७८का लागि १३ देखि १४ खर्बसम्मको बजेट ल्याउन सुझाव दिएको छ ।

नेपाली कांग्रेसले केही समयअघि पूर्वअर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा गठित अर्थतन्त्र विशेष समितिले यस्तो सुझाव दिएको हो ।

समितिले सरकारलाई चालु वर्षमा खर्च नभएको रकम र केन्द्रीय बैंकको ओभर ड्राफ्टसमेतको आंकलन गरी सो अंकमा बजेट ल्याउन सुझाएको छ ।

यस्तै सो समितिले सरकारलाई आरटी पीसीआर विधिबाट गरिने परीक्षण ब्यापकता दिई जनसंख्याको २ देखि ३ प्रतिशत व्यक्तिमा तत्काल परीक्षणको गर्न सुझाव दिएको छ ।

कांग्रेसले चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीहरुका लागि कोरोना सम्बन्धी अभिमुखिकरण, मापदण्डअनुसार गुणस्तरीय ब्यक्तिगत सुरक्षा सामग्री, जीवन बिमा, प्रोत्साहन तथा जोखिम भत्ताको व्यवस्था गर्न पनि भनेको छ ।

  •  
  •  
  •  
  •  
  •