नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या ४ पुग्यो, संक्रमित ५८२ जना

१२ जेठ ०७७, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट थप एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या ४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले थप १ जनाको कोरोना संक्रमणबाट निधन भएको बताएसँगै कोरोनाबाट मृत्य हुने संख्या ४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बाराको करैयामाई गाउँपालिका –७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएकोे छ ।

वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । उनको त्यही दिन बारामा लगेर अन्त्येष्टि गरिएको थियो ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नारायणी अस्पतालको रिपोर्ट शंकास्पद आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।

सोमबारको पछिल्लो अद्यावधिक विवरणअनुसार कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ भने निको हुने संख्या ११२ रहेको छ । हाल आइसोलेसनमा ५६७ जना रहेको मन्त्रालयले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •