राष्ट्रहितको पक्षमा बोल्न र उभिन नसक्ने लुरेहरुलाई अरु त के भनुम र !

१२ जेठ ०७७, काठमाडौं । सत्तारुढ दल निकट अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष जय कार्कीले एमसीसीबारेमा सांसदहरुले राष्ट्रियहितलाई ध्यान दिनुपर्ने बताएका छन् ।

केही समय सुस्ताएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (कम्प्याक्ट) सम्झौता ‘एमसीसी’ यस हप्ता फेरि बहसमा प्रवेश गरेसँगै उनले प्रतिक्रिया जनाउँदै सामाजिक सञ्जालमार्फत् सांसदहरुले राष्ट्रियहितलाई ध्यान दिनुपर्ने बताएका हुन् ।

‘एमसीसी’ राष्ट्रघाती रहेको भन्दै उपाध्यक्ष कार्कीले भने, “नेता र सांसदहरुले ब्यक्तिगत नाफा र घाटालाई भन्दा पनि राष्ट्रहितलाई केन्द्रमा राख्नुपर्छ ।”

राष्ट्रहितको पक्षमा बोल्न र उभिन नसक्ने सांसदहरुलाई लुरेको संज्ञा दिँदै उनले लेखेका छन्, “राष्ट्रहितको पक्षमा बोल्न नसक्ने र उभिन नसक्ने लुरेहरुलाई अरु त के भनुम र !”

उनले एमसीसीबारे जनमतलाई दिग्भ्रमित पारिरहनु पर्ने अबस्था र कुरो चपाइचपाई गर्नै नपर्ने भन्दै यो राष्ट्रघाती रहेको बताए ।

  •  
  •  
  •  
  •  
  •