राष्ट्र बैङ्कद्वारा राजाको तस्बीर भएको नोट चल्तीमा नल्याउन निर्देशन

१२ जेठ ०७७, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले राजाको तस्बीर भएको नोट चलन चल्तीमा नल्याउन निर्देशन दिएको छ ।

तत्कालै यी नोटहरू प्रतिबन्धित नगरिए पनि सफा नोट नीति कार्यान्यन गराउन भन्दै राष्ट्र बैङ्कले राजाको तस्बीर भएको नोट चल्तीमा नल्याउन बैङ्क तथा वित्तीय संस्थाहरूलाई आइतबार निर्देशन दिएको हो ।

सर्वसाधारणले बैङ्कमा बुझाएका नोटहरु बैङ्कमार्फत राष्ट्र बैङ्कमा खिचेर त्यसलाई पुनः बजारमा नपठाउने राष्ट्र बैङ्कको तयारी थालेको छ ।

राष्ट्र बैङ्कले नोटको प्याकेटमा अब बैङ्कको नाम, बैङ्कका कर्मचारीको नाम र परिचय पत्र, हस्ताक्षर र मितिसम्बन्धी विवरण अनिवार्य राख्न भनेको छ ।

  •  
  •  
  •  
  •  
  •