आर्थिक वर्ष २०७७/७८ को बजेट भोलि दिउँसो ४ बजे प्रस्तुत हुने

१४ जेठ ०७७, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को बजेट प्रतिनिधिसिभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा बिहीबार दिउँसो ४ बजे प्रस्तुत हुने भएको छ ।

नेपालको संविधानबमोजिम हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट संसदमा प्रस्तुत गर्नुपर्ने व्यवस्थाबमोमि सरकारले भोलि दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने भएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ः४५ बजेअगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरेका छन् ।

दुबै सदनको संयुक्त बैठकपछि बिहीबार साँझ ६ बजे प्रतिनिधिसभाको अर्को बैठक बस्ने बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •