थप ११४ जनामा कोरोना पुष्टि, कूल संक्रमित संख्या ८८६ पुगे

१४ जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले ११४ जनामा नयाँ पुष्टि भएको र योसँगै कोरोना संक्रमित संख्या ८८६ पुगेको बताएका हुन् ।

उनले अनुसार रौतहटमा ३५, झापामा १७, सुर्खेतमा १५, , दाङमा १५, सप्तरीमा ११, बारामा ८ बागलुङमा ६, रुकुम पूर्वमा ३, सिरहामा २ र मकवानपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्यसैगरी विभिन्न अस्पतालको आइसोलेसनमा ६९९ जनाले उपचार गराइरहेको साथै १८३ जना निको भएको र हालसम्म मृत्यु हुने संख्या ४ रहेको बताए ।

  •  
  •  
  •  
  •  
  •