गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकतावद्ध हुनु आजको राष्ट्रिय आवश्यकता हो – प्रचण्ड

१५ जेठ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १३औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

बिहीबार एक शुभकामना वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त, गरेका हुन् ।

“संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालमा सयौं वर्षदेखि चल्दै आएको राजतन्त्रात्मक प्रणालीमा सामान्य मात्रात्मक सुधार होइन अपितु गुणात्मक परिर्वतनको प्रतिनिधित्व गरेको छ । यो नयाँ राजनीतिक प्रणालीले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकारसहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको छ” शुभकामनामा भनिएको छ ।

गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्तिहरू एकतावद्ध भई सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता हो भन्दै शुभकामनामा कोभिड –१९ को रोकथाम र उपचारका लागि अग्रमोर्चामा खटिनु हुने सम्पूर्णको उच्च प्रशंसा समेत गरिएको छ ।

शुभकामना :

  •  
  •  
  •  
  •  
  •