युवा तथा खेलकुद क्षेत्र विकासका लागि दुई अर्ब ३६ करोड विनियोजन

१५ जेठ ०७७, काठमाडौं । सरकारले आगामी वर्ष विपन्न र अपाङ्गता भएका नागरिकका बालबालिका सहिदका छोराछोरी र जेहेन्दार विद्यार्थी समेत मुलुकभरका करिब २६ लाख छात्रछात्रा लाभान्वित हुने गरी छात्रवृत्ति प्रदान गर्न रु दुई अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

यस्तै देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई सेनिटरी प्याड निःशुल्क उपलब्ध गराउन स्थानीयमातर्फ सशर्त अनुदानको रुपमा रु एक अर्ब ८२ करोड व्यवस्था गरिएको छ ।

यसैगरी युवा तथा खेलकुद क्षेत्रको विकासका लागि दुई अर्ब ३६ करोड विनियोजन गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •