चौरजहारी घट्नाका दोषीलाई कारबाही गर्न दलित विद्यार्थीको माग

१६ जेठ ०७७, काठमाडौं । नेपाल दलित विद्यार्थी संघले रुकुमपश्चिम चौरजहारी नगरपालिका ८ मा घट्नाका दोषीलाई अविलम्ब कारबाही गर्नुपर्ने माग गरेको छ ।

संघले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो ।

संघका अध्यक्ष कमल विश्वकर्माले घट्नाको सम्बन्धमा सत्य, तथ्य छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेविसंघका महामन्त्री युवराज पाण्डेले उक्त घटना मानवताविरोधी र अत्यन्तै पाश्विक भएको बताएका थिए ।

  •  
  •  
  •  
  •  
  •